Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।

आज बिहान पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान अवतरण भइरहेको छ ।

जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।

विमानस्थलका अनुसार बुद्ध एयरका तीन वटा माउन्टेन फ्लाइटमध्ये दुइटा भैरहवा र एउटा जनकपुर डाइभर्ट भएका छन् ।

त्यस्तै यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा डाइभर्ट भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077