काठमाडौं । विभिन्न जिल्लाबाट लघुवित्त पीडित आन्दोलनका लागि काठमाडौंमा आएका छन् ।
सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु काठमाडौं आएका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको छ । बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
सहकारी पीडित,लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए ।
उनले सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए ।