Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुलमानको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

कुलमानको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमाथि सुनुवाइ सकिएको छ ।

न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि मंगलबारदेखि निरन्तर सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ।

बहस नसकिएपछि मंगलबार र बुधबार रिट हेर्दाहर्दैमा राखिएको थियो । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए ।

यसैगरी चार वर्षअघि २०७८ साल साउन ३२ गते विदयुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियुक्ति खारेजको माग गर्दै हितेन्द्र देव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि पनि सुनुवाइ सकिएको छ। घिसिङ र शाक्यको रिट एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077