Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२१ लाख नगदसहित हुण्डी कारोवारी चिनियाँ महिला पक्राउ

२१ लाख नगदसहित हुण्डी कारोवारी चिनियाँ महिला पक्राउ

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

मिति २०८१ चैत २० गते महाबौद्धस्थित हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जनसेवाबाट खटिएको प्रहरी टोलीले चिनियाँ नगरिक रिक्शे वाङमोलाई पक्राउ गरेको हो ।

प्रहरीले वाङ्मोको साथबाट अवैध २० लाख ९२ हजार नगद बरामद गरेको छ ।

वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वाङ्मो तिब्बत स्थायी वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल जिल्ला बौद्ध, बस्ने वर्ष २६ वर्षिया महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077