Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रेमिकासँग प्रेम सम्बन्ध बिग्रियो, साथीलाई अश्लील भिडियो पठाए !

प्रेमिकासँग प्रेम सम्बन्ध बिग्रियो, साथीलाई अश्लील भिडियो पठाए !

बिहिवार , चैत्र २०, २०८१

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिराहाको धनगढी नगरपालिका ७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई बुधबार पक्राउ गरेको हो ।

साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट गरिदिएको, पीडितका आफन्तलाई धम्क्याएको र दुख हैरानी दिएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनमाथि जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077