Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ऋषि धमलाले तिरेनन् साढे ४६ लाख भृकुटीमण्डपको भाडा, अन्य कस्को बाँकी ? [सूचनासहित]

ऋषि धमलाले तिरेनन् साढे ४६ लाख भृकुटीमण्डपको भाडा, अन्य कस्को बाँकी ? [सूचनासहित]

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा पत्रकार ऋषि धमलाले सञ्चालन गरेको रिपोर्टस क्बलले भाडा नतिरेको खुलेको छ ।

समाज कल्याण परिषद्ले बिहीबार ३५ दिने सूचना जारी गर्दै रिपोर्टस क्बललाई पौससम्मको जम्मा ४६ लाख ५८ हजार ६ सय ४९ रुपैयाँ तिर्न भनेको हो । रिपोर्टस क्बल स्टल नम्बर २२ मा राखिएको छ ।

साथै परिषद्का अनुसार विभिन्न स्टल, चौर तथा गोदामहरु प्रयोग गर्ने ५१ संस्था तथा व्यक्तिहरुलाई भाडा बुझाएका छैनन् । सूचनाअनुसार भाडा नतिर्नेमा सर्वोच्च नेता गणेशमान सिंहको नाममा स्थापना गरिएको गणेशमान सिंह अध्ययन प्रतिष्ठान, नेपाल पत्रकार महासंघ, रिपोर्टस क्बलदेखि लिएर राष्ट्रिय अपांग महासंघसम्म रहेका छन् ।

सबैभन्दा बढी राष्ट्रिय अपांग महासंघले झण्डै १ करोड अर्थात् ९७ लाख ९५ हजार ७ सय ३१ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

परिषद्ले जारी गरेको सूचनामा बुझाउनुपर्ने बक्यौता ३५ दिनभित्र बुझाउन भनिएको । यदि नबुझाएमा असुलीका लागि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077