काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यस्तै अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी दिउँसो १ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।