Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इन्स्पेक्टर भन्दै धम्की दिने युवक लागुऔषधसहित समातिए

इन्स्पेक्टर भन्दै धम्की दिने युवक लागुऔषधसहित समातिए

शुक्रवार , चैत्र २१, २०८१

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसबाट होटल सञ्चालकलाई धम्की दिने युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै धम्की दिने सर्लाहीको हरिवन नगरपालिका– ६ का २९ वर्षीय अनुक्रम खरेल पक्राउ परेका हुन् ।

बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको थियो ।

उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला पारेको हो ।

खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077