Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आन्दोलनका बेला बल प्रयोग गरे पनि नगरे पनि सुरक्षाकर्मीमाथि प्रश्न उठ्छ : आईजीपी अर्याल

आन्दोलनका बेला बल प्रयोग गरे पनि नगरे पनि सुरक्षाकर्मीमाथि प्रश्न उठ्छ : आईजीपी अर्याल

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आवश्यकताको आधारमा बल प्रयोग भएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा आईजीपी अर्यालले आन्दोलनका बेला सुरक्षाकर्मीले बल प्रयोग गरे पनि नगरे पनि प्रश्न उठ्ने बताए ।

उनले सुरक्षा निकायका घाइतेलाई अस्पताल लान राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्‍याएको, ग्याँस गन लुटिएकोलगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको भनाइ

सुरुमा नै सभास्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो । सुरक्षा फौजले न्यून क्षतिमा गरेको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ । यस्तो अवस्थामा प्रश्न उठ्न जरुरी छ । कम क्षतिमा काम गर्ने प्रयास गरेका छौं । ग्याँस गन लुटिएको छ । सुरक्षा निकायका घाइतेलाई पनि अस्पताल पुर्‍याउन अवरोध भएको थियो । ३ देखि ४ घण्टामा स्थिति नियन्त्रणमा लिएका थियौं ।

सुरक्षाको बारेमा कम बल प्रयोग गर्दा र बढी प्रयोग गर्दा पनि प्रश्न उठ्छ । सुरक्षामा कमजोरी भयो भने भित्र मिलाउनुपर्छ । बाहिर गयो भने राष्ट्रिय सुरक्षामा असर गर्छ ।

आगलागी भएको भवनको ३ तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको रहेछ । धेरै पटक पुग्दा पनि भेटिएन । दमकलमा नै आगो लगाउने प्रयास गर्दा समस्या भयो । भित्र मान्छे छ भन्ने आशा गरिएन । तल आउँदा पनि निस्सासिएको अवस्था थियो । मृत्यु भएको शव निकाल्न त जोखिम मोलेर गरिने गरेको छ भने जीवित छ भन्ने थाहा भएको भए उद्धारमा नजाने भन्ने कुरै हुँदैन ।

प्रहरी संगठनलाई साधनस्रोत अभाव छ । यसै समितिबाट निर्देशन सरकारलाई गयो भने बरु हामी सूची बुझाउँछौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077