काठमाडौं । संसदीय समितिले तीनकुने घटनाको सत्य तथ्य छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सो निर्देशन दिएको हो ।
बैठकले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिइएको निर्देशनमा तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन भनिएको छ ।