Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ ।

केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

सभापति लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।

बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077