Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रास्वपालाई शंकर पोखरेलको प्रश्न - पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ रवि गृहमन्त्री हुँदा के थियो ?

रास्वपालाई शंकर पोखरेलको प्रश्न - पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ रवि गृहमन्त्री हुँदा के थियो ?

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गर्न आएको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको भन्दै विरोध गरेको छ । रास्वपाका नेताहरु प्रहरीको उक्त कार्यप्रति विरोध गरिरहेका छन् ।

तर यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै प्रश्न गरेका हुन् । उनले लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न रास्वपाका नेताहरुलाई आग्रह गरेका छन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्क समेत गरेका छन्।

पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘प्रहरीको पूर्जी काट्ने 'रीति र थिति' रवि जी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई 'थाहा' नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि ?’

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएपछि प्रहरी पक्राउ गर्न निवासमै पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077