Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए : मुकुल ढकाल

रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए : मुकुल ढकाल

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । रास्वपाबाट हटाइएका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको दाबी गरेका हुन् ।

‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वतस् निलम्बित भएका छन्,’ उनले उल्लेख गरे । रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरले लामिछानेलाई सहकारी ठगीको कसुरमा थुनामा पठाउने आदेश दिएपछि काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर भैरहवा लगेको छ ।

अब उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । सोमबार लामिछानेलाई अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । त्यसपछि मात्रै उनलाई कारागार चलान गरिनेछ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो ।

तर शुक्रबार न्यायाधीश शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलास सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077