Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

शनिवार , चैत्र २२, २०८१

सुनसरी । सुनसरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ ।

जिल्लाको बराहक्षेत्र-१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि शनिबार दिउँसो गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेको छ । उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।

एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077