Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रामनवमीले राष्ट्रिय एकता बलियो बनाउने राष्ट्रपति पौडेलको विश्वास

रामनवमीले राष्ट्रिय एकता बलियो बनाउने राष्ट्रपति पौडेलको विश्वास

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ को अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी र दाजुभाइलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा ‘रामनवमी’ पर्व धुमधामसँग मनाउने परम्परा छ ।

यो दिन श्रीरामको विशेष पूजा, व्रत, अनुष्ठान र जप ध्यान गर्नाले भगवानको कृपा पाइने र मनले चिताएका काम पूरा हुने जनविश्वास छ, राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।

उनले भनेका छन्, ‘शताब्दीऔंदेखि चलिआएका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा मद्दत गर्छन्।’

रामनवमी श्रीरामको जन्मदिन मात्र होइन, अधर्ममाथि धर्मको जित भएको खुसीको दिन पनि हो। यो दिन देशका विभिन्न ठाउँ र जनकपुरको रामजानकी मन्दिरमा भव्य मेला लाग्छ।

‘रामनवमीजस्ता सांस्कृतिक र ऐतिहासिक पर्वले विविध जातजाति, भाषा, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना बढाउँछन् र राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छन् भन्ने मेरो अपेक्षा छ,’ उनले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077