Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको समर्थन

राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको समर्थन

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई संयुक्त आन्दोलन समितिले समर्थन गर्ने भएको छ ।

यही चैत्र २६ गते हुने  राप्रपाको आमसभामा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गर्दै सहभागी हुने भएको  हो ।

समितिका कार्यवहाक संयोजक डा. जगमान गुरूङले विज्ञप्ति जारी गर्दै राप्रपाको आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुने जनाएका हुन् ।

गुरूङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूलाई आह्वन समेत गरेका छन्।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत् सभा गर्दैछ ।

May be an image of ‎text that says "‎राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति २०८१ २०८१चैत्र२४गते चैत्र गते प्रेस विज्ञप्ति अवस्था बदल्न व्यवस्था बदलों भत्रे मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त पार्टीको आयोजनामा २०८१ चेत्र २६ गते काठमाडों, भूकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहने छ उक्त कार्यक्रममा राष्ट्यिय झण्डा सहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबे राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आहान समेत गर्दों। ه عاات डा. जगमान गुरुड कायवाहक संयोजक संयुक्त जनआन्दोलन समिति‎"‎

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077