Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट, प्रहरी बेखबर

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट, प्रहरी बेखबर

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो ।

अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ ।

उनले फेसबुकमा लेखेका छन्–‘अखिल (क्रान्तिकारी)का नेता एवम् सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्र सिह ठगुन्नामाथि गत राती भएको सांघातिक आक्रमण निन्दनीय छ। घाइते नरेन्द्र सिह ठगुन्नाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई सख्त कारबाहीको माग गर्दछु।’

यता भक्तपुर प्रहरीले भने घटनाबारे जानकारी नभएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077