Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

स्वास्थ्यमन्त्री प्रदीप पौडेल न्युयोर्कमा

स्वास्थ्यमन्त्री प्रदीप पौडेल न्युयोर्कमा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ औं सभामा भाग लिन न्युयोर्क पुगेका छन् ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरेका हुन् ।

मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।

मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077