Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वगृहमन्त्री लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराइँदै

पूर्वगृहमन्त्री लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराइँदै

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।

उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077