Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राप्रपाको मंगलबार हुने जनसभा र प्रदर्शनको तयारी पूरा

राप्रपाको मंगलबार हुने जनसभा र प्रदर्शनको तयारी पूरा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राप्रपाले २६ चैतमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी पूरा भएको छ ।

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि मंगलबार काठमाडौंमा प्रदर्शन र जनसभा गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना हुने जनसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

सभाअघि सुन्धाराबाट एनएसी, रत्नपार्क हुँदै जुलुस निस्कने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

१५ चैतमा दुर्गा प्रसाईं नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेका कारण राप्रपाले मंगलबारको प्रदर्शनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077