Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि दाइ वर्षौँका लागि मामाघर जानु भयो, क्लवबाट अब रास्वपा बनाऔँ : मुकुल ढकाल

रवि दाइ वर्षौँका लागि मामाघर जानु भयो, क्लवबाट अब रास्वपा बनाऔँ : मुकुल ढकाल

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले अब रवि लामिछानेलाई बिर्सनु पर्ने टिप्पणी गरेका छन् । सभापति लामिछाने कारागार चलान भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले सो टिप्पणी गरेका हुन् ।

लामिछाने ‘वर्षौँका लागि मामाघर’ गएको बताउँदै उनले रास्वपालाई अब क्लवबाट पार्टी बनाउनु पर्ने बताए । लामिछानेलाई व्यक्तिगत आकांक्षा र क्लबमा रमाउने प्रवृत्तिका कारण पार्टी निर्माणको मूल उद्देश्यबाट पछि हटेको आरोप लगाए।

“काङ्ग्रेस र एमालेका लाखौँ झोलेसँग नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ,” ढकालले लेखे, “तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले। उनलाई कहिल्यै पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो।”

ढकालका अनुसार अब रवि लामिछाने ‘वर्षौँका लागि मामाघर’ गएका छन् र त्यही सन्दर्भमा उनले 'रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ' भन्ने आह्वान गरेका छन्। उनका अनुसार नयाँ अभियान झोले र अरिङ्गाल मुक्त पार्टी निर्माणतर्फ केन्द्रित हुनेछ।

“हिजो जसरी काङ्ग्रेस र एमालेका लाखौँ झोलेसँग डराएनौँ, आज पनि दुइ–चार हजार अरिङ्गालसँग डराउनु पर्दैन,” ढकालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077