Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुरु भयो नेपाल बार एसोसिएसन निर्वाचनको मतगणना

सुरु भयो नेपाल बार एसोसिएसन निर्वाचनको मतगणना

सोमवार , चैत्र २४, २०८१

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

देशैभरबाट मतपेटिका ल्याएर एसोसिएसनको केन्द्रीय कार्यालय रामशाहपथमा १ बजेदेखि मतगणना सुरु गरिएको हो ।

नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचान भएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यवसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077