Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सगरमाथा चढ्ने तयारीमा असई शेर्पा, आईजीपी थापाले गरे शुभकामनासहित विदाइ

सगरमाथा चढ्ने तयारीमा असई शेर्पा, आईजीपी थापाले गरे शुभकामनासहित विदाइ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना दिएका छन् ।

सोमबार एक कार्यक्रमकाबीच आईजीपी थापाले असई शेर्पालाई शुभकामनासहित लैङ्गिक हिंसा विरुद्धको सन्देश समेटिएको ब्यानर हस्तान्तरण पनि हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा आईजीपी थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उनले कृतज्ञता व्यक्त गरेका छन् ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077