काठमाडौं। चैत १५ गते तीनकुनेमा राजवादीले गरेको गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वपत्रकार समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । कुँवर अभिनेत्री समेत हुन् ।
तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरकेो हो ।
अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं अझै फरार छन् ।
यद्यपी उनले राजावादीहरुको आन्दोलनको दिन तिनकुनेका एक घरमा (एभिन्युजका पत्रकार सुरेश रजक जलेको घर) आगो लागेपछि आगो लागेको घरमा साथीहरु फसेको भन्दै सुरक्षाकर्मीलाई उद्दार गर्नका लागि अपिल गरेकी छन् । उनले आफूले लाइभ गरेको फुटेज शेयर गर्दै फेसबुकमा त्यो दिन भनेकी छन्–‘मैले यो भिडियो मार्फत भनेको थिए यो घर भित्र मान्छे छ आगो लाग्यो मान्छे मर्यो । बचाउनु छिटो आगो निभाउनु हेलिकप्टरबाट भए पनि मान्छे बचाउनु प्रशासन सबैलाई भने तर कोहि आएनन् अन्तिममा ज्यान गयो रे 😥 यो ठिक गरेन भित्र नागरिक छ पुलिस छ कोहि न कोहि छ रे भन्दा पनि कुनै उद्दार नगरी वास्ता गरेन ।’
त्यसको भोलीपल्ट पनि उनले फेसबुकमार्फत घटनाबारे जानकारी गराएकी छन् । उनले भनेकी छन्–‘प्रशासन सबैलाई फोन गरे दमकललाई फोन गरे । हारगुहार गरे । केही बेर फेसबुकबाट लाईभ गरेपनि कोहि नअएपछी कोहि छ भने सके आफै जान्छु भनेर म आफै पत्रकार भएपनी कसैको ज्यान बचाउ भवन जल्दैछ त्यो हेरेर बस्न सकिन यसो हेर्छु, मेरो पनि आँखा पिरो भएकोले केही देखेको थिइन । गेटमा ताल्चा थियो म बाहिर बाट भिडियो खिच्दै गुहार गर्दै थिए सबै एक आपसको भिडन्तामा छन् मेरो गुहार कसैले सुन्ने अवस्था थिएन ।’
एनी पहिले एभीन्युज टेलिभिजमा नै कार्यरत थिइन् ।