Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालेनको सचिवालयले भन्यो - एम्बुलेन्स खरिदमा घोटाला भएको छैन, मानमर्दन भयो

बालेनको सचिवालयले भन्यो - एम्बुलेन्स खरिदमा घोटाला भएको छैन, मानमर्दन भयो

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ। सोमबार मेयर बालेनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

सचिवालयले भनेको छ, 'खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ उक्त सामग्री पूर्वाग्रहपूर्ण र भ्रामक छ। उजुरी परेको तथ्य ब‌ङ्ग्याइएको छ । तोडमोड गरिएको छ। यसरी सार्वजनिक गरिएका विषय असत्य छन्। तथ्य बाहिर छन् ।'

यसअघि विभिन्न सञ्चारमाध्यममा एम्बुलेन्स खरिदमा घोटाला भएको समाचार प्रकाशित भएका थिए ।

त्यसको खण्डन गर्दै विज्ञप्तिमा थप भनिएको छ, 'यसरी विषय पुष्टि नभइ प्रकाशन भएका सामग्रीले पदाधिकारीको मानमर्दन भएको छ। सार्वजनिक छविमा भ्रम सिर्जना भएको छ । निराधार, झुटा विवरणले महानगरपालिकाका प्रमुख, स्वकीय सचिव र पदाधिकारीको चरित्र हत्या भएको छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077