Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुई महिनादेखि सम्पर्कविहीन व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...

दुई महिनादेखि सम्पर्कविहीन व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...

मंगलवार , चैत्र २५, २०८१

गुल्मी । गुल्मीमा दुई महिनादेखि सम्पर्कविहीन रहेका एक जनाको टाउको कुकुरले गाउँमा ल्याएको छ।

कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो।

सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका-६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार उनी दुई महिनादेखि बेपत्ता थिए।

मंगलबार बिहान प्रहरीले टाउको भएको स्थानभन्दा ५०० मिटर पर कंकाल फेला पारेको हो।

त्यहाँ कपडाहरू पनि फेला परेका थिए। त्यही कपडाको आधारमा रतनका छोरा केहरसिंह शाहीले सनाखत गरेको प्रहरीले जनाएको छ ।

मृतक दुई महिनादेखि बेपत्ता थिए। उनी घरमा एक्लै बस्ने गरेको र मानसिक अवस्था पनि सामान्य नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077