काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा.डा.विजय प्रसाद मिश्र निर्वाचित हुने पक्का भएको छ ।
बाँकी गन्न मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्षमा निर्वाचित हुने पक्का भएको हो ।
अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।
निर्वाचन समिति अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ ।
तर,मिश्र श्रेष्ठ भन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।
त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समितिले जनाएको छ ।
नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो ।