काठमाडौं । चैत १५ गतेको हिंसात्मक राजावादी प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू भागेको नभइ जोगिएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै प्रसाईंले यस्तो बताएका हुन् । उनले आफू व्यक्ति मात्रै नभएर विचार भएको दाबी गरे ।
'म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ,' उनले भने । उनले गोञ्जालोको उदाहरण दिँदै आफै नरहे राजावादी आन्दोलन सेलाएर जाने दाबी पनि गरेका छन् ।