Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रम्पको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि रोकियो

ट्रम्पको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि रोकियो

बिहिवार , चैत्र २७, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले एक हप्ताअघि घोषणा गरेको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका छन् ।

तर, यो नियम चीनको हकमा लागु हुने छैन । अमेरिकाले चीनबाट अमेरिकामा आयात हुने मालसामानमा लाग्ने आयात कर यसअघिको १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत बनाएको छ ।

चीनले अमेरिकी वस्तुको आयातमा ८४ प्रतिशत आयात कर लगाएको भन्दै अमेरिकाले चीनको हकमा आयात करमा ९० दिनको लागि स्थगनको नियम लागु नहुने बताएको छ ।

पारस्पारिक करको हकमा ९० दिनका लागि स्थगन भए पनि अमेरिकाले घोषणा गरेको आधारभूत १० प्रतिशत आयात कर भने सबै देशविरुद्ध लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077