Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वर्षासँगै घट्यो काठमाडौँको वायु प्रदूषण

वर्षासँगै घट्यो काठमाडौँको वायु प्रदूषण

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ ।

हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।

वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ११२ रहेको छ ।

आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाण्डौको एक्यूआई झन्डै ३ सयभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077