Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

बिहिवार , चैत्र २७, २०८१

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ।

दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।

चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077