Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीले भत्कायो बन्दै गरेको पक्की पुल

बाढीले भत्कायो बन्दै गरेको पक्की पुल

बिहिवार , चैत्र २७, २०८१

उदयपुर। उदयपुरको कटारीस्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ।

उदयपुरको कटारी नगरपालिका–२ मा पर्ने सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बीच भाग बाढीले भत्काएको हो।

बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेको छ।

प्रिस्टेष्ट प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो। मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो।

मिर्चैया -कटारी – घुर्मी सडक योजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो।

बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस ( बक्स अर्डर ) पुल २९ असार २०७९ मा सम्झौता भएको थियो। उक्त पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077