Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुर्गा प्रसाईले आत्मसमर्पण गरेको होइन, नेपालसम्म सुरक्षित पुर्‍याइदिन अनुरोध गरेका हुन् : समिति

दुर्गा प्रसाईले आत्मसमर्पण गरेको होइन, नेपालसम्म सुरक्षित पुर्‍याइदिन अनुरोध गरेका हुन् : समिति

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले दुर्गा प्रसाईंलाई अदालतसम्म हाजिर हुनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको उल्लेख छ ।

यस्तै आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेको दाबीसहित उनले आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्‍याइदिन आफैँ अनुरोध गरेको उल्लेख छ।

‘सरकारले काठमाडौँको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्किरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077