Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ऊर्जा सचिवलाई राज्यमन्त्री तामाङले सोधे २४ घण्टे स्पष्टीकरण

ऊर्जा सचिवलाई राज्यमन्त्री तामाङले सोधे २४ घण्टे स्पष्टीकरण

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।

'राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?' स्पष्टीकरणमा सोधिएको छ ।

ुतपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छु, पत्रमा भनिएको छ ।

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिंचाइ दिवस एवं ७२ औं वार्षिकउत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077