Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईलाई झापा ल्याइयो, आजै जहाजमार्फत काठमाडौं ल्याउने तयारी

दुर्गा प्रसाईलाई झापा ल्याइयो, आजै जहाजमार्फत काठमाडौं ल्याउने तयारी

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । काठमाडौंको तीनकुने घटनाका नाइके दुर्गा प्रसाईलाई ​पक्राउ गरेर झापा ल्याइएको छ ।

नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको बताइएको छ । उनलाई आजै जहाजमा काठमाडौं ल्याउने तयारी छ ।

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ ।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077