Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरीले भन्यो–दुर्गा प्रसाईं र उनका बडिगार्ड पक्राउ परिसके,  साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याईंदैछ

प्रहरीले भन्यो–दुर्गा प्रसाईं र उनका बडिगार्ड पक्राउ परिसके,  साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याईंदैछ

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । प्रहरी मुख्यालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई पक्राउ गरेको जनाएको छ ।

प्रसाईंलाई हिजै छिमेकी मुलुक भारतबाट पक्राउ गरिएको भनिएपनि हेडक्वार्टले भने प्रसाईं आज झापाबाट पक्राउ परेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

हेडक्वार्टरले एक विज्ञप्ति जारी गरी प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको जनाउँदै आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ ।

उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइने बताइएको छ ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

प्रसाईं भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । तर, प्रहरी हेडक्वार्टरले भने हिजो एक विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ नपरेको जनाएको थियो । तर, आजको विज्ञप्तिमा भने झापाबाट पक्राउ परेको उल्लेख छ ।

यता प्रसाईंको सचिवालयले भने हिजै आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

May be an image of ‎text that says '‎मुभकजलय नेपाल प्रहरी प्रहरी महानिरोक्ककको प्रधान मंत्रमन आरतहल कार्यालय सचिवालय फोन 9ಿ-್ಆತಗಭ 0។-ទ។មជ០ម្ន L09 Ex1. 09-69代〇〇 ។99 ٩٩ط पत्र संसया प्रा.प.स. (०८१/०८२) च.न.:- पो.ब.तं. ម០0 नक्साल, काठमा्डा विषय प्रेस विज्सि। मिति: २०८११२२९गते ने.सं.: 422 मिति २०८११२१५ गते काठमाडौंको तीनकुनेमा भएको हिसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाई उक्त घटनामा संलग्न निजका अंगरक्षक दिपक खड्कालाई आज मिति २०८११२२९ झापा जिल्लाको भत्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडा ल्याईंदे गरिएको ब्यहोरा जानकारी गराइन्क। प्रहरी नायब महानिरीक्षक (दिनेश कुमार आचार्य) केन्द्रीय प्रहरी प्रवक्ता Website: https://wwwnepalpolice.gov.np. E-mail: phqigs@nepalpolice.gov.np. phqigscpr@ncpalpolice.gov.np‎'‎

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077