काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ ।
झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो ।
उनीहरु दुबै जना बुद्ध एअरको फ्लाइटमार्फत अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी बताएको छ ।
प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए ।
उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।