Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चुनकुमारी हत्या प्रकरण : श्रीमान कोरियामा, हत्या गर्न भाइ बुहारी र बहिनीले जंगल पुर्‍याए

चुनकुमारी हत्या प्रकरण : श्रीमान कोरियामा, हत्या गर्न भाइ बुहारी र बहिनीले जंगल पुर्‍याए

शुक्रवार , चैत्र २८, २०८१

विराटनगर । सुनसरीको धरान ६ स्थित पाँचकन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको उनैको परिवारबाट हत्या भएको खुलेको छ ।

पानवारीस्थित पाँच कन्या जङ्गलमा मृत भेटिएकी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर, देवरानीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका एक जना परिवारका सदस्य भन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका देवर, देवरानी, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो १२ः३० बजेतिर अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन ।

प्रहरी स्रोतका अनुसार चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुराएर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ ।

उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077