Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो ।

उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफोड, लुटपाट र आजगानीका घटना भएका थिए ।

त्यसपछि उनलाई जहाजबाट जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077