Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अदालतले भन्यो - दुर्गा प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू

अदालतले भन्यो - दुर्गा प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई आवश्यकताअनुसार उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त आदेश दिएको हो।

शुक्रबार प्रहरीले काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईंलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो।

प्रसाईंसहित उनका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको छ।

न्यायाधीश ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो। प्रदर्शनमा दुई जना मारिएका थिए।

दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077