Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चैत मसान्तसम्म दर्ता नभए फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी

चैत मसान्तसम्म दर्ता नभए फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन्।

रुपन्देहीमा आयोजना गरिएको फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले उक्त चेतावनी दिएका हुन् ।

उनले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसकेपनि कुनै जवाफ नआएकाले चैत मसान्तसम्म नेपालमा दर्ता नभए बन्‍द गर्ने बताए।

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ता गर्नु पर्ने बताए।

उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077