Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077