Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

म मन्त्री भए दुर्गा प्रसाईलाई सुट गर्न आदेश दिन्थेँ, प्रहरीलाई पेलेर जान मिल्छ ? : सांसद यादव

म मन्त्री भए दुर्गा प्रसाईलाई सुट गर्न आदेश दिन्थेँ, प्रहरीलाई पेलेर जान मिल्छ ? : सांसद यादव

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नगिना यादवले प्रहरीमाथि गाडी कुदाउन खोज्ने दुर्गा प्रसाईंलाई आफू मन्त्री भएको भए सुट गर्न आदेश दिने बताएकी छिन् ।

प्रतिनिधिसभाअन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले यस्तो बताएकी हुन् ।

उनले भनिन्, 'जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्। यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ । तर, म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थे ।'

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा कमाण्डर भनिएका प्रसाईंले प्रहरीमाथि गाडी हुईकाउँदै निषेधित क्षेत्र तोडेका थिए । त्यसपछि आन्दोलन नियन्त्रण बाहिर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077