Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हतियार सफा गर्दा गोली चल्यो, सैनिक जवानको मृत्यु

हतियार सफा गर्दा गोली चल्यो, सैनिक जवानको मृत्यु

शुक्रवार , चैत्र २८, २०८१

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री नयाँ गोरख गण कसरा ब्यारेकमा हतियार सफा गर्ने क्रममा गोली लागेर २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो ।

शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077