Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

लुम्बिनीका यातायातमन्त्री र सचिव अख्तियारको छानविनमा

लुम्बिनीका यातायातमन्त्री र सचिव अख्तियारको छानविनमा

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । लुम्बिनी प्रदेशको यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपाने तथा सचिव नारद गौतम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको घेरामा परेका छन् ।

लुम्बिनी प्रदेशका यातायात कार्यालयबाट संगठित रुपमा लाइसेन्सको बिक्री भइरहेको सूचनाका आधारमा आयोगले बृहत छानविन थालेको हो । आयोगले तीन कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अन्डरकभर अप्रेसन चलाएर आयोगले बुधबार यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको थियो ।

सो कार्यालयमा मासिक तीन करोडसम्म घुसको लेनदेन भइ लाइसेन्स बिक्री हुने गरेको आयोगको दाबी छ । उनीहरुको मोबाइल नियन्त्रणमा लिएर आयोगले छानविन थालेको छ ।

जसआधारमा सेटिङको पूरै जालो नै पत्ता लाग्ने सम्भावना छ । आयोगले सुक्ष्म अनुसन्धान गर्दा मन्त्रालयका अधिकारी समेत तानिने स्रोत बताउँछ ।

पछिल्लो समय लुम्बिनी प्रदेशका यातायात कार्यालयमा बेथिती मौलाएको थियो । मन्त्रीकै सचिवालयले चलखेलका आधारमा कर्मचारी सरुवा गर्दै आएको थियो । पक्राउ परेका कर्मचारीको लिंक मन्त्रीको सचिवालयसम्म देखिएको अख्तियार स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077