Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आन्दोलनको चेतावनी दिँदै राष्ट्र बचाउ महाअभियानले भन्यो - प्रसाईसहितलाई अविलम्ब रिहा गर

आन्दोलनको चेतावनी दिँदै राष्ट्र बचाउ महाअभियानले भन्यो - प्रसाईसहितलाई अविलम्ब रिहा गर

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ ले आफ्ना केन्द्रीय अध्यक्ष तथा राजावादी संयुक्त जनआन्दोलन परिचालन समितिका कमान्डर दुर्गा प्रसाद प्रसाईंको गिरफ्तारीको विरोध गरेको छ।

महाअभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँले स्वेच्छिक रूपमा प्रहरीसमक्ष उपस्थित भएर आत्मसमर्पण गरे पनि सरकारले नियोजित रूपमा उनलाई पक्राउ गरी जनताको आवाज दबाउने प्रयास गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा उनको गिरफ्तारी देश र जनताको हितविपरीत भएको दाबीसहित सरकारले भ्रष्टाचार, बेथिति, धर्मविरोधी गतिविधि, तस्करी र माफियाविरुद्धको अभियान रोक्न खोजेको आरोप लगाइएको छ।

महाअभियानले प्रसाईंसहित सम्पूर्ण अभियन्ताहरूको अविलम्ब रिहाइको माग गर्दै बन्दी बनाइएका व्यक्तिहरूको मानवअधिकार र जीवन सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेको छ।

त्यस्तै, तीनकुने घटना लगायत विगतका कतिपय घटनामा दुर्गा प्रसादलाई झूटो आरोपमा फसाउने प्रयास अस्वीकार्य भएको स्पष्ट पारिएको छ।

महाअभियानले आफ्नो माग तत्काल पूरा नगरेको खण्डमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077