Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देशमा आन्दोलन बढ्न थालेपछि हेडक्वार्टरले भन्यो - राजीनामा सिफारिस तथा स्वीकृत नगर्नू

देशमा आन्दोलन बढ्न थालेपछि हेडक्वार्टरले भन्यो - राजीनामा सिफारिस तथा स्वीकृत नगर्नू

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस र स्वीकृत नगर्न भनेको छ ।

बिहीबार डीआईजी दिनेश कुमार आचार्यले एक सर्कुलर जारी गर्दै पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्म राजीनामा सिफारिस र स्वीकृत नगर्न भनेका हुन् ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालयलगायत सम्बन्धित निकायलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थामा बाहेक राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा आन्दोलन र प्रदर्शन बढ्दै गएको तथा प्रहरी कर्मचारीहरू विदेशिने क्रम पनि बढेसँगै यस्तो सर्कुलर जारी गरिएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077