Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको आफ्नै अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल

कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको आफ्नै अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले उक्त दाबी गरेका हुन् । उनले वर्तमान नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले नै गरिरहेको जिकिर गरे।

स्वास्थ्यमन्त्री पौडेलले भने,‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो । आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन। कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको उल्लेख गर्दै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको जिकिर गरे।

फरक प्रसंगमा उनले सांसदको संख्या २ सय ७५ बाट घटनाएर २ सय १ बजाउनुपर्ने आवश्यकता रहेको बताए । प्रदेश सभाको सांसद संख्या पनि आधा घटाउनुपर्ने उनको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077