Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वीरगन्जमा कर्फ्यु आदेश जारी

वीरगन्जमा कर्फ्यु आदेश जारी

शनिवार , चैत्र २९, २०८१

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ।

हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार दिउसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077