Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ज्ञानेन्द्रलाई माधवको चेतावनी - राजा बन्ने सपना नदेख्नू, सडकमा अशान्ति मच्चाउन पाइँदैन

ज्ञानेन्द्रलाई माधवको चेतावनी - राजा बन्ने सपना नदेख्नू, सडकमा अशान्ति मच्चाउन पाइँदैन

शनिवार , चैत्र २९, २०८१

कालीकोट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन् ।

कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पूर्वराजालाई यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा राजाको अब कुनै काम छैन, त्यो पुरानो कुरा भइसक्यो।’

उनले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन आवश्यक भएको उल्लेख गरे। पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भने, ‘सडकमा अशान्ति मच्चाएर फर्कन पाइँदैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077